कूटनीतिक पहुँचका मापदण्ड
सामूहिक संवादबाट सुरु भएको वालेन्द्र शाहको कूटनीतिक प्रयोग अब एकल भेट, पदगत मर्यादा र संस्थागत अनुशासनको कसीमा छ। नेपालको कूटनीतिक शासनका दीर्घकालीन कमजोरीमध्ये एउटा अस्पष्ट र असमान पहुँच व्यवस्था हो। प्रधानमन्त्रीसम्म को, किन, कुन तहमा र कुन कार्यसूचीसहित पुग्छ ? संवाद कहाँ अभिलेखित हुन्छ ? कूटनीतिक पहुँचको अव्यवस्था र असर: माथिका प्रश्नको उत्तर संस्थाले होइन, व्यक्ति र तत्कालीन राजनीतिक सुविधाले दिन थाल्दा राज्यको सन्देश कमजोर हुन्छ।
