SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

आँपको बगैंचाबाट १४० केजी गाँजा बरामद

काठमाडौं  :पर्सामा ठूलो परिमाणमा लागु‍औषध बराम भएको छ।  जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार छिपहरमाई गाउँपालिका–२ मिर्जापुरस्थित आँपको बगैचामा लागुऔषध लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति करिब ११:३० बजे खानतलासी गर्ने क्रममा १४० किलो गाँजा बरामद गरेको हो।आँप बगैचाभित्र लुकाएर राखिएको १३ वटा पोकामा रहेको १४० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।