SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

काभा पुरुष भलिबल च्याम्पियनसिप : आज नेपालले उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं : काभा पुरुष भलिबल च्याम्पियनसिपमा आज नेपालले लिग चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्दैछ। पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगितामा नेपालले लगातार ४ हार बेहोरेको छ। ४ हारमा ३ खेल भने नेपालले पाँचौं सेटमा गएर हार बेहोर्दा तालिकामा नेपालको ३ अङ्क रहेको छ।नेपालले पहिलो खेल काजाकिस्तानसँग ३-२ सेटमा पराजित भएको थियो। दोस्रो खेलमा श्रीलंकासँग ३-२ को सेट खेल्दै अंक बाँड्दा तेस्रो खेलमा पाकिस्तानसँग भने ३-० को सोझो सेटमा पराजित भएको थियो।