SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

गोरखामा कुपोषित बालबालिकाको संख्या दुईतिहाइ घट्यो

गोरखा : गोरखाका बालबालिकामा कुपोषणको समस्या उल्लेखनीय रूपमा सुधार आएको छ। तीन वर्षअघि र अहिलेको पोषणको तथ्यांक विश्लेषण गर्दा अहिले कुपोषित बालबालिकाको संख्या झन्डै दुईतिहाइले घटेको पाइएको हो।प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार अहिले गोरखामा जम्मा २९ जनामात्र कुपोषित बालबालिका छन्। २१ जना कडा खालका कुपोषित र ८ जना मध्यम खालका कुपोषित बालबालिका रहेको पोषण शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिए। ‘२०८०/८१ मा कुपोषित बालबालिकाको संख्या ८३ थियो।