SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

रेनुलाई वाइल्ड कार्ड

काठमाडौं : पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची/नागोया सहरमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन्।वाइल्ड कार्ड पाउँदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी दिए।रेनु हाल विश्व वरीयतामा २६औं तथा एसियाली वरीयतामा १ औं स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षकसमेत रहेका नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कविराज नेगी लामाले जानकारी दिए।