SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

गोविन्द केसीको अनशन : १२ घण्टाको वार्ता असफल, आज निर्णयक वार्ता हुँदै

धनगढी : प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज निर्णायक वार्ता हुने भएको छ । प्राध्यापक डा. गोविन्द केसीको अनशन अन्त्य गराउने उद्देश्यले सरकार र केसी पक्षबीच आइतबार राती अबेरसम्म धनगढीमा अन्तिम सहमतिको प्रयास भएको थियो । तर डाक्टर केसीले सहिद दशरथभन्दा स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्टार दुबै जनालाई नहटाउँदासम्म अनशन नतोड्ने बताएपछि आइतबार वार्ता निष्कर्षबिहीन भएको हो।