नेपालले आज नामिबियासँग खेल्दै
काठमाडौं : आइसिसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ मा सुरु हुनेछ। आजको खेल अगाडि नेपाल क्रिकेट संघ (क्यान)ले तीव्र गतिका बलर नन्दन यादव टिमबाट बाहिरिएको जानकारी दिएको छ। नन्दनको ह्याम्स्ट्रिङको चोटको कारण टोलीबाट बाहिरिएका हुन्।नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको थियो।
