सम्भावनाको देश, कमजोर राज्य
समृद्धि सोचमा जन्मिन्छ, संस्थामा हुर्किन्छ, ज्ञानले गति दिन्छ, श्रमले आकार दिन्छ र सक्षम राज्यमार्फत नागरिकको जीवनमा परिणाम बनेर देखिन्छ। अमेरिका यात्राले सम्पन्न देशको चम्किलो अनुहारमात्र देखाएन, गम्भीर प्रश्नसँग पनि साक्षात्कार गरायो– राष्ट्रहरू वास्तवमा कसरी समृद्ध बन्छन् ? उत्तर न्युयोर्कका गगनचुम्बी भवन, फराकिला राजमार्ग वा हार्वर्ड र एमआईटीका परिसरमा मात्र भेटिएन, राष्ट्रको वास्तविक शक्ति देखिने संरचनाभन्दा धेरै गहिरो हुँदोरहेछ।
