बाढी र पहिरोले कुन-कुन राजमार्गमा रोकियो यातायात ?
काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँका मुख्य सडकहरू बन्द भएका छन् । सोमबार बिहानसम्म धेरै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रोकिएका छन् । बागमती प्रदेशमा सडक अवरोधको असर बढी देखिएको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थली र गिम्दीबेशीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।
