SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०३:०६ AM · 1 मिनेट पढाइ

बिजुलीमा आत्मनिर्भर बन्दै नेपाल, २२ हजार मेगावाट प्रतिघण्टा विद्युत् निर्यात

काठमाडौं । देशको कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट प्रतिघण्टा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल भारतबाट विद्युत् आयात गरिएको छैन । प्राधिकरणले २२ हजार १०२ मेगावाट प्रतिघण्टा बराबरको विद्युत् निर्यात गरिरहेको जनाएको छ । प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट प्रतिघण्टा बिजुली उपलब्ध गराएका छन् ।