SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०२:२९ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंक र नियो भर्सबीच सहकार्य, इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रालि (नेओटेरिक नेपाल) बीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।