SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०२:५८ AM · 1 मिनेट पढाइ

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिएका छन् । असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।