SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

सुनसरीमा युवकको मृत्युपछि देवानगञ्जमा दुई दिन शोक बिदा

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार सोमबार र मंगलबार (साउन ११ र १२) गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहनेछन् । आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।