SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

सुनसरी घटनाबारे उच्चस्तरीय समीक्षा गर्न समितिको बैठक बस्दै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकारले आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । गृह मन्त्रालयको अध्यक्षतामा बस्ने बैठकमा सुनसरी घटनाका साथै देशभरको शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गरिनेछ । साथै, आगामी रणनीतिबारे पनि छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।