SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

देवानगञ्जमा प्रदर्शन उग्र, सेना परिचालन

काठमाडौं । स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश उल्लंघन गर्दै सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा स्थानीयले प्रदर्शन गरेका छन् । स्थिति तनावपूर्ण बनेपछि नेपाली सेनाले बख्तरबन्द गाडीसहित सडकमा गस्ती सुरु गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा बनाएका छन् ।