बचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरुले समान रुपमा बचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले सरकारले साना र ठूला बचतकर्ता भनेर पीडितहरुलाई विभाजन गरेर पीडितहरुको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् ।
