SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

ओलीलाई भेट्न किन गुण्डु जाँदै छन् विष्णु पौडेल र शंकर पोखरेल ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल आज भक्तपुरको गुण्डुस्थित निवास जाँदै छन् । उनीहरू प्रदेश सरकार गठनका विषयमा नेकपासँग भएको सहमति र त्यसपछि पार्टीभित्र देखिएको मतभेदबारे अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् । ओलीको सचिवालयका अनुसार दुवै नेता अपराह्न ३ बजे गुण्डु पुग्नेछन् ।