SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक रूपमा उद्घाटन, सबै सवारीसाधनका लागि तत्काल खुला नगरिने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उद्घाटन गरेका छन् । जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा उनले सुरुङमार्ग उद्घाटन गरेका हुन् । सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ ।