बजारमा खाना पकाउने ग्यासको कृतिम अभाव सिर्जना, के भन्छ सरकार ?
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन् । केही दिनदेखि बजारमा ग्यासको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले यस विषयमा विशेष चासो व्यक्त गरेकी हुन् ।
