के हो अशोक दर्जीमाथि कुटपिट भएको प्रकरण ?
काठमाडौं । अहिले सामाजिक सञ्जालमा बाल गायक अशोक दर्जीमाथि कुटपिट भएको एउटा भिडियो भाइरल भइरहेको छ । कुनै समय नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै चर्चित भएका अशोक दर्जी अहिले गायब जस्तै छन् । सडकमा गीत गाउँदागाउँदै रातारात भाइरल भएका अशोक दर्जीको प्रतिभामाथि ताली बजाउनेहरुको लर्को थियो । तर समय सधैं एकनास रहेन ।
