SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ १२:५० PM · 1 मिनेट पढाइ

सुनसरीको सीडीओमा अर्याल, कोशी प्रदेश प्रहरी प्रमुखमा डीआईजी खनाल

काठमाडौं । सुनसरीमा भएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारीसहित प्रदेश र जिल्ला मातहतका सुरक्षा निकायका प्रमुखहरुको जिम्मेवारी खोसिएको छ । आइतबार राति भएको दुई पक्षीय तनावपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई फिर्ता बोलाइएको छ । उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।