गगन थापाको प्रश्न : ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । आईतबार जारी प्रेस विज्ञप्तिमार्फत सभापति थापाले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
