पुँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ : अर्थमन्त्री डा. वाग्ले
काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पुँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुगेका उनले यस्तो धारणा राखेका हुन् । सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पुँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए ।
