शिक्षामन्त्रीको प्रस्टीकरण : अर्थ मन्त्रालयबाट शिक्षकको तलबमान स्वीकृत भएर आएको छैन
काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन भत्ताको विषयमा किन अफवाह फैलाइँदैछ भनेर प्रश्न गरेका छन् । सोमबार राति सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले अर्थ मन्त्रालयबाट शिक्षकको तलबमान स्वीकृत भएर नआएको प्रस्टीकरण दिए । उनले लेखेका छन्, ‘प्रोत्साहन भत्ता उपलब्ध गराउने सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको हो ।
