यस्ता छन् सरकार र डा. गोविन्द केसीबीच भएको सातबुँदे सहमति
काठमाडौं : सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले साउन ११ गतेदेखि आफ्नो जारी अनसन अन्त्य गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा. केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
