SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ११:०० PM · 1 मिनेट पढाइ

नेपालको लगातार तेस्रो हार, नामिबियासँग ३ रनले पराजित

काठमाडौं : आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ।नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबीयाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो। नामिबियाले दिएको २१२ रनको विजय लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा  ६ विकेट गुमाउँदै २०८ रन मात्रै जोड्न सक्यो।अन्तिम ओभरमा नेपाललाई जितको लागि १७ रन चाहिन्थ्यो। अन्तिम ओभरमा नामिबियाको लागि कप्तान गेहराड इरास्मस आफै आए।