SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ ०३:०४ AM · 1 मिनेट पढाइ

लमजुङमा धन्सार भत्किँदा दुई जनाको मृत्यु, दुई जना घाइते

लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले धन्सार भत्किदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आज बिहान करिब चितीखोलाबाट भाटबेशी ल्याइएको कुलो भत्किँदा आएको पहिरोले विष्णु दत्त सुवेदीको दुईतले ढुङ्गा–माटोले बनेको कच्ची धन्सार पूर्णरूपमा भत्किएको थियो।