बालिकामाथि जबरजस्ती करणी गर्ने ५ जना पक्राउ
मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। गएको साउन ३ गते बिहान मोरङ सुनबर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक १८ वर्षका मोहम्मद अरमानले ललाइफकाइ रंगेली नगरपालिका–०३ स्थित युमी क्याफेमा पुर्याएका थिए। त्यहाँ विभिन्न प्रलोभनमा पारी अरमानले जबरजस्ती करणी गरेका थिए।
