SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ ०२:४८ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १२४५ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, यन्त्रिक कारबाहीमा ३०, रातोबत्तीमा ४२ जना चालकलाई कारबाही गरिएको छ ।