SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

ललितपुरमा एसओएस बालग्रामका कर्मचारी चढेको गाडी दुर्घटना, चालकको मृत्यु, ५ जना घाइते

ललितपुरमामा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्। सोमबार साँझ महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कार्पिओ चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको मृत्यु भएको हो।