SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।