नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन
काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको आज उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य अवस्था पछिल्लो समय गम्भीर बनेको थियो। अस्पतालमा उपचाररत रहेकै अवस्थामा आज उनको दुःखद अवसान भएको हो। श्रेष्ठ नेपाली राजनीतिमा एक प्रभावशाली र निष्ठावान नेताका रूपमा परिचित थिए।
