ऊर्जामन्त्रीका ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकारमा विवेकराज कँडेल नियुक्त
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार (विशिष्ट श्रेणी) सल्लाहकारमा चितवनका विवेकराज कँडेल नियुक्त भएका छन्। मन्त्रालयका अनुसार सल्लाहकारको जिम्मेवारीमा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षालाई केन्द्रमा राख्दै ऊर्जा क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार, आन्तरिक ऊर्जा प्रणालीको सुदृढीकरण तथा निजी क्षेत्रको लगानी आकर्षित गर्ने रणनीति निर्माणमा परामर्श दिनेछन्।
