घर बनाउन वा किन्न चाहनेका लागि नबिल बैंकले ल्यायो लचिलो कर्जा योजना
काठमाडौं । घर निर्माण वा घर खरिदको योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना अघि सारेको छ। बैंकले ग्राहकको आवश्यकता र आर्थिक क्षमताअनुसार लचिलो आवास कर्जा उपलब्ध गराएर घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको हो।
