होङ्सी शिवम् सिमेन्टको वित्तीय अवस्था थप मजबुत, इक्रा नेपालले ‘ए२ प्लस’ रेटिङ पुनः पुष्टि
काठमाडौं। नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी होङ्सी शिवम् सिमेन्ट प्रालिको अल्पकालीन कर्जा क्षमताप्रति विश्वास जनाउँदै इक्रा नेपालले कम्पनीको ६ अर्ब बराबरको अल्पकालीन कर्जा सीमाका लागि ए२ प्लसरेटिङ पुनः पुष्टि गरेको छ। इक्रा नेपालको पछिल्लो रेटिङ प्रतिवेदनअनुसार कम्पनीको उत्पादन क्षमता, सुधारिँदो आम्दानी तथा नाफा, न्यून ऋणभार र बलियो वित्तीय अवस्थाले रेटिङलाई समर्थन गरेको हो।
