SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।