SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाको छानबिन सुरु, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

नेपाल सरकारले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।