SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

कप्तानगञ्ज गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग

नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।