SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै ‘एएमपिआइएस नेपाल नामक मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएको हो ।