SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

रास्वपाको निर्देशन- आत्महत्या र आत्मदाहसम्बन्धी विषय सामाजिक सञ्जालमा सम्प्रेषण नगर्नू

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आत्महत्या र आत्मदाहसम्बन्धी घटनाको जानकारी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न पार्टीभित्र निर्देशन जारी गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै पार्टीको हरेक तह र तप्कामा रहेका सदस्यहरूलाई उक्त निर्देशन पालना गर्न निर्देशन दिइएको हो।