जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : १३ जनाको मृत्यु, १०० भन्दा बढी पराकम्प
टोकियो : जापानको दक्षिण-पश्चिम क्युसु क्षेत्रस्थित कुमामोतो प्रान्तमा मंगलबार स्थानीय समयअनुसार दिउँसो ४:२७ बजे गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। भूकम्पपछि १०० भन्दा बढी पराकम्पन आइसकेको छ भने थप मानिस 'कार्डियोपल्मोनरी अरेस्ट' (मुटु तथा श्वासप्रश्वास बन्द) को अवस्थामा फेला परेका छन्।
