SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

क्रोस र एड्वार्डको शतकीय साझेदारीमा नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी शृङ्खलाको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको हो।नेदरल्यान्ड्सको लागि नोआ क्रोसले सर्वाधिक ७० रन बनाए। उनले ९३ बलमा ३ चौका प्रहार गर्दै कुशल भुर्तेलको हतबाट रनआउट भए। उनले पाँचौं विकेटको लागि कप्तान स्कट एड्वार्डसँग ११५ रनको शतकीय साझेदारी बनाएका थिए। ओपनर सेड्रिक डी लाङ्गे डक आउट भए।