अमेरिका र साउदीको संयुक्त आक्रमणले इराकमा २० जनाकाे मृत्यु
काठमाडौं : इराकमा रहेका इरानसँग सम्बन्धित हतियार तथा बन्दोबस्तीका (रसद) सामग्री राखिएका स्थलहरूमा अमेरिकी र साउदी अरेबियाली सेनाले संयुक्त आक्रमण गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। जुन घटनाकाे पुष्टि पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आफ्नो टेलिग्राम च्यानलमा वक्तव्य जारी गर्दै गरेको हो।उक्त आक्रमणले बगदाद, वासित, निनेवेह, बसरा, किरकुक, कर्बला र दियाला प्रान्तहरूमा रहेका पीएमएफका संरचनाहरूलाई निशाना बनाएको बताइएको छ।
