SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशमा मन्त्रालय पुनर्संरचना, अब ८ मन्त्रालय कायम

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो।