SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं : सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ।गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरेको हो। समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशनसमेत दिइएको छ।