SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

माटोसँगै सकिाइ

दोलखा : विद्यालय शिक्षा  पाठ्यपुस्तक, गृहकार्य र परीक्षामा सीमित रहनु हुँदैन भन्ने मान्यता पछिल्ला वर्षहरूमा थप बलियो बन्दै गएको छ। ज्ञानसँगै सीप, सिर्जनशीलता, आत्मविश्वास र व्यावहारिक अनुभवलाई जोड्ने शिक्षण पद्धतितर्फ विद्यालयहरू आकर्षित भइरहेका छन्। यही सन्दर्भमा चरिकोटस्थित एपेक्स स्कुलले आयोजना गरेको ‘पोटरी सेसन’ ले दोलखाको विद्यालय शिक्षामा नयाँ बहस सुरु गरिदिएको छ।