SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

सुनसरी घटना : ओमप्रकाशको शव अस्पतालमै, माग पूरा नभएसम्म नबुझ्ने परिवारको अडान

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका २५ वर्षीय ओमप्रकाश मेहताको शव अस्पतालमै रहेको छ। शवलाई तीन दिनदेखि विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार पीडित परिवारले आफ्ना माग सम्बोधन नभएसम्म नबुझ्ने अडान कायम राखेकाले हालसम्म शवको पोस्टमार्टमसमेत हुन सकेको छैन।