SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

बालेनलाई काँग्रेसको प्रश्न : पद बदलिएपछि मन बदलियो कि व्यवहार ?

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले प्रहरीको गोली लागि स्थानीय एक युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् ।