SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

अमेरिकी सिनेटद्वारा जे क्लेटन नयाँ राष्ट्रिय गुप्तचर निर्देशकमा नियुक्त

एजेन्सी । अमेरिकी सिनेटले धितोपत्र तथा विनिमय आयोग (एसईसी) का पूर्व अध्यक्ष जे क्लेटनलाई नयाँ राष्ट्रिय गुप्तचर निर्देशक (डीएनआई) का रूपमा नियुक्त गरेको छ । मतदानमा क्लेटनको पक्षमा ५१ र विपक्षमा ४७ मत परेको थियो । सिनेटमा भएको उक्त मतदान स्पष्ट रूपमा दलीय आधारमा विभाजित देखिएको थियो ।