जापान भूकम्प अपडेटः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
एजेन्सी । जापानका आपत्कालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जीवित मानिसहरूलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ । गत मङ्गलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्याङ्क जारी गरेको हो ।
